मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

Ujyalosandeshonline 12612+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

रौतहट । पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 

सोही अनुसार  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको  प्रशासनले जारी गरेको सूचना उल्लेख छ ।

पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्याङ्कन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 

उनका अनुसार वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले  सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई सामुदायिकबिचको झडपपछि वैशाख १ गतेदेखि वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएपछी जनजीवन सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार