मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

Ujyalosandeshonline 12206+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

रौतहट । पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 

सोही अनुसार  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको  प्रशासनले जारी गरेको सूचना उल्लेख छ ।

पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्याङ्कन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 

उनका अनुसार वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले  सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई सामुदायिकबिचको झडपपछि वैशाख १ गतेदेखि वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएपछी जनजीवन सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार