मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

शिक्षणसँगै खेतीकिसानी

रासस 667+ समाचार ( )
१९ कार्तिक २०८२, बुधवार

महेन्द्रनगर । पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । विसं २०५४ देखि शिक्षण पेसामा लाग्नुभएका घिमिरे हाल व्यावसायिक किसानका रूपमा नगरक्षेत्रमा परिचित हुनुहुन्छ । विसं २०७५ मा दुई बिघाबाट सुरु भएको घिमिरेको केराखेती हाल साढे आठ बिघामा विस्तार भएको छ ।

यो जमिन उहाँले भाडामा लिनुभएको हो । जमिनको भाडा वार्षिक रु पाँच लाख छ । “केराखेतीबाट वार्षिक रु १० लाख नाफा हुन्छ”, खेतीबाट भएको आम्दानी खेती विस्तारमा नै लगाएको जानकारी दिँदै किसान घिमिरेले भन्नुभयो । मौसम अनुकूल नहँुदा बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताउनुभयो । केराखेतीबाट वार्षिक रु ३० लाखसम्मको कारोबार हुने गरेको छ । केराखेतीमा आफूले १० जनालाई रोजगारी दिएको बताउनुभयो ।      

किसान घिमिरेका अनुसार बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजार सिँचाइलगायत विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग प्राप्त छ । उहाँ अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत हुनुहुन्छ । उहाँले बीउबिजन उत्पादन पनि गर्दै आउनुभएको छ । शिक्षणपछिको उहाँको समय खेतबारीमा बित्छ ।     

पुनर्बास नगरपालिका–६ ङगाउँका विमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुग्नुभयो । साना किसान संस्थामार्फत ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिनुभएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गर्नुभयो ।     

किसान भण्डारीले भन्नुभयो, “केराखेती गरेको सात वर्ष भयो, हाल छ बिघामा खेती विस्तार भएको छ, वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ ।”उहाँले १२ बिघा खेत भाडामा लिएर छ बिघामा केरा र बाँकीमा मकै, तोरी, गहुँ र धानखेती गर्नुभएको छ । उहाँले दुई जनालाई रोजगारी पनि दिनुभएको छ । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार यहाँ प्रतिहेक्टर २० मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । ‘एक पालिका, एक उत्पादन’ कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिका केराखेतीका लागि छनोट भएको छ । त्यसका लागि पालिकाले रु ४० लाख विनियोजन गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार