मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

शिक्षक दम्पतीले विद्यालयमा बनाइदिए सरस्वती मन्दिर

Ujyalosandeshonline 12614+ समाचार ( )
२१ माघ २०८१, सोमबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा एक शिक्षक दम्पतीले आफैंले पढाउने विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका छन् । सुनारपानीको भैरवी माविका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका हुन् ।

द्वारिकाका पिता स्वर्गीय भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा उनीहरूले मन्दिर बनाइदिएका हुन् । कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैँयाको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् । मन्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रम नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको थियो । 

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अधिकारको कुरा गर्दा नागरिकले यसै गरी आफ्नो सामाजिक दायित्व पनि पुरा गर्ने हो भने नेपाल चाँडै समृद्ध बन्ने बताए । चाह्यो भने परिवर्तन सम्भव भएको बताउँदै श्रेष्ठले यसका लागि सबै सकारात्मक सोच र व्यवहारका साथ अघि बढ्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीन कार्कीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार