मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

नारायणगढ-मुग्लिङ सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

Ujyalosandeshonline 10783+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

चितवन । चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डमा आज बिहानै गएको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पहिरो ठूलो भएकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। यस सडक खण्ड प्रयोग गर्ने सवारीधनी, संघसंस्था तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। वैकल्पिक मार्गहरूमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती र गैंडाकोट, धादिङको नौबिसे र तनहुँको खैरेनीटार रहेका छन् ।

प्रशासनले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। सडकमा कुनै समस्या परेमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूसँग सहयोग लिन पनि भनिएको छ। सडक खुलाउन हरदम प्रयत्न भइरहेको र आवागमन सम्भव भएपछि पुनः सूचना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै