मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


आदिवासी जनजातिको अधिकार प्रति राज्य अझै गम्भीर छैन : थापा

Ujyalosandeshonline 11005+ समाचार ( )
रामबहादुर थापा मगर अध्यक्ष आदिवासी जनजाति आयोग
२५ श्रावण २०८१, शुक्रबार

स्थानीय सरकारले आदिवासीजनजातिहरुलाई सहयोग गर्नको लागिखास नीतिबनाएको छैन् । ०६२÷६३ को आन्दोलनपछि तत्कालीनजिल्लाविकास समितिले निश्चितप्रतिशतअर्थात १५ प्रतिशतजति बजेट छुट्याएर आदिवासीजनजाति, दलित, महिला, मुस्लिमलगायतकावर्गलाई अगाडि बढाउने गरेको थियो तर अहिले त्यसमा रोक लागेको छ ।

पछिल्लो समयमा आदिवासी जनजातिप्रति राज्य त्यति संवेदनशील भएको जस्तो लाग्दैन् । आदिवासी जनजातिको समावेशी प्रतिकको कुरामा संविधान र कानुनमा व्यवस्था छ । त्यो व्यवस्था अनुसार केही कार्यान्वयन भइरहेका छन् तर त्यो पर्याप्त होइन । विशेषगरी राजनीतिक नेतृत्व नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व प्रदेश सभा, प्रतिनिधि सभामा ३० प्रतिशतको हाराहारीमा देखिन्छ । ३५ प्रतिशत जनसङख्या भएको आदिवासी जनजातिको प्रतिनिधित्वपूर्ण समावेशी समानुपातिक नभएपनि समावेशी समानुपातिक उन्मुख भएको भने देखिन्छ ।

अझै पनि जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक गर्नेतर्फ राज्य उन्मुख हुनु पर्छ । राष्ट्रिय सभा स्वभाविक रुपले समावेशी सभाहो । तर प्रतिनिधित्वको रुपले आदिवासी जनजाति मैत्रीछैन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने अपाङ्ग दलित महिलाहरुको प्रावधान छ । तर आदिवासी जनजातिहरुको त्यहाँ लैजाने प्रावधान छैन् । यसमा चाँही संशोधन हुनुपर्छ । आदिवासी जनजातिहरुलाई सहभागिता गराउनु पर्छ भनेर सरकारलाई सिफारिस गरिसकेको छौं तर कार्यान्वयनहुन सकेन । अहिले राष्ट्रिय सभामा आदिवासी जनजाति ११ प्रतिशतको मात्र सहभागिता छ जुनप्रतिनिधि सभाको तुलनामा अत्यन्तै न्यूनहो ।

सबैभन्दा दुखद् कुरा के हो भने आदिवासी जनजातिको प्रतिनिधित्व राज्यको नीति कार्यान्वयन गर्ने र स्थायी सरकारको संरचना मानिने निजामती सेवा मान्यून प्रतिनिधित्व छ । यो प्रतिनिधित्व अहिले लगभग २४ प्रतिशतको हाराहारीमा छ । तथ्याकंले के देखाउँछ भने आदिवासी जनजातिहरुको प्रतिनिधित्व समावेशी कानुन लागु भएको वा समावेशी समानुपातिक प्रतिनिधित्वको लागिलोक सेवा आयोगले नै विज्ञापनहरु खोलेर नयाँ कर्मचारी राख्ने सवालमा त्यति खुशीहुने अवस्था छैन् ।  यसलाई नयाँ किसिमले अथवा अलि धेरै प्रतिनिधित्व गराएर अहिलेको ऐन संशोधन गरेर पूरै प्रतिनिधित्व गर्नुपर्ने आवश्यक देखिन्छ । 

प्रतिनिधित्वको कुरा गर्दा २०१२ मा १२.५ थियो । अहिले आउँदा १४ प्रतिशत भनेको करिब एक प्रतिशतमात्रै वृद्धि भएको हो । यहीदरले आदिवासी जनजातिको समानुपातिक सहभागिताको लागि डेढसय भन्दा बढीवर्ष लाग्ने देखिन्छ । त्यसैले यतिलामो समयसम्म यो समावेशीता राख्नु हुँदैन् । 

आदिवासी जनजातिको अन्तराष्ट्रिय अधिकारहरु पनि छन् । संयुक्त राष्ट्रसंघले आदिवासीजनजाति सम्बन्धी घोषणापत्र २०७ मा नै गरेको हो । अहिलेसम्म यसमा सरकारले कार्यक्रमहरु र कार्ययोजनाहरु तयार गर्न सकेको छैन् । एक वर्ष अगाडि दिगो विकास र आदिवासी जनजाति अधिकार कार्ययोजना हामीले सरकारलाई तयार गरेर कार्यन्वयनको लागि सिफारिस गरेको थियौं तर अहिले सम्म कार्यान्वय नभएको छैन् । आदिवासी जनजातिको सांस्कृतिक अधिकारमा रहेको युनेस्कोले आदिवासी जनजातिको सम्पदाहरु सूचीकरण गर्नुपर्ने हो त्यो सम्पदा सूची गराउन नेपाल सरकारबाट पहल भइरहेको छैन् । 

स्थानीय तहमा महिलाहरु ४० प्रतिशतहुनु महिलाहरुको लागि राम्रो हो । तर हरेक वडावासीमा एकजना दलित निर्वाचित हुने प्रावधान छ । त्यो भनेको पाँचजना मा करिब २० प्रतिशतहो, यसमा दलितलाई पनि हाराहारीमा राखिएको छ । यो ठिकै छ । तर आदिवासी जनजातिलाई त्यहाँ प्रतिनिधित्व गराउने प्रावधान छैन् । त्यो प्रावधान पनि बनाउनु पर्छ भनेर सरकारलाई सिफरिस गरेका छौं । तल्लो स्तरको सरकारमा आदिवासी जनजातिले त्यो खालको सेवा सुविधा र अवसर छैन् । 

स्थानीय सरकारले आदिवासी जनजातिहरुलाई सहयोग गर्नको लागि खास नीति बनाएको छैन् । ०६२।०६३ को आन्दोलन पछि तत्कालीन जिल्ला विकास समितिले निश्चित प्रतिशत अर्थात १५ प्रतिशत जतिविकास बजेट छुट्याएर आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायत वर्गलाई अगाडि बढाउन बजेट दिने गरेको थियो तर अहिले स्थानीय सरकार त्यसमा रोक लगाएको छ । यस बारेमा सबै पालिकाहरुलाई सिफारिस पनि गरेका छौ । तर कार्यान्वयन मा आएको छैन् । संघीय मामिला मन्त्रालयले बजेट दिने र समस्याहरु समाधान गर्नुपर्छ भनेर पनि भनिरहेका छौं । 

सँधै आन्दोलन गर्नुपर्छ, जनता सरकार विरुद्ध सडकमा नै आउनुपर्ने वाध्यताको अन्त्य गरिनुपर्छ । यसमा राज्यले पनि सोच्नुपर्छ । कानूनमा भएको व्यवस्था लागू नगर्ने, सँधै दबाउन मात्र खोज्ने प्रयास गर्नुभएन् । यस्तो अवस्थामा आफ्नो अधिकारको लागि लड्नुपर्छ । राज्यको विरुद्धमा गएर आन्दोलन गर्नु भन्ने कुरा त होइन तर आफ्नो अधिकार प्राप्त गर्नको लागि सडकमा नै जानुपर्छ भने जानुस भन्न चाहन्छु । 

आदिवासी जनजातिहरुले अलिअलि पाइ हालेका छन् भनेर आन्दोलन कम गरेको भन्ने भाष्य निर्माण भएपनि त्यस्तो होइन् । राज्यले कानून अनुसार अधिकार दिनुपर्छ भनेर केहीशान्त बसेका हौं । आयोगकातर्फबाट पनि आदिवासी जनजाति अधिकारको लागि सरकारले हेर्दैन् अथवाती समुदायको अधिकार दिदैँन् भने आवाज उठाउनु पर्छ र त्यसमा आयोग पनि सँगै आवाज उठाउन तयार छ । सरकारले आदिवासी जनजाति आयोगको सिफारिसहरुलाई नजर अन्दाज गरेमा अथवा कार्यान्वयन मा उदासिनता देखाएको छ । यसमा गम्भीर हुने बेला आएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार