मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पूर्व राजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन जसपा अध्यक्ष राईको सुझाव

Ujyalosandeshonline 12614+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

जनकपुर । जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष अशोक राईले पूर्व राजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन सुझाव दिएका छन् । बुधबार जनकपुरधाममा आयोजीत सपथ ग्रहणसभा तथा पार्टी प्रवेश र होली मिलन समारोहमा बोल्दै अध्यक्ष राईले पूर्व राजा ज्ञानेन्द्र साहलाई सडकमा प्रर्दशन गर्नुभन्दा चुनाव लडेर सत्तामा आउन सुझाव दिएका हुन् । 

उनले भने, ‘लोकतन्त्रमा विरोध गर्ने अधिकार छ,राजतन्त्रमा विरोध जुलुस निकालेको भए कारवाही हुन्थ्यो, तर्सथ लोकतन्त्र वैज्ञानीक शासन प्रणाली हो ।’ 

उनले काठमाडांैमा गरिएको प्रर्दशनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलीत हुनु नपर्ने बताए । अध्यक्ष राईले जनताले खोजेको जस्तो संघियता आउन नसकेको स्विकार गर्दै जे जस्तो भएपनि संघियतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघियता विरोधी रहेको बताए ।

अध्यक्ष राईले छिटै नै प्रतिनिधीसभाले निजामती सेवा ऐन पास गर्ने जानकारी दिए ।  नले वर्खे अधिवेशनमा सो ऐन पास हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन समितिमा छलफलको लागि गएको र यो ऐन पास भएपछि संघियता वास्तविक अभ्यासको थालनी हुने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जनाभन्दा बढी युवाहरुले जसपा प्रवेश गरेका छन् । साथै हाल गठन भएको प्रदेश समितिका पदाधिकारीहरुले सपथ ग्रहणसमेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार