मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

पूर्व राजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन जसपा अध्यक्ष राईको सुझाव

Ujyalosandeshonline 12321+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

जनकपुर । जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष अशोक राईले पूर्व राजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन सुझाव दिएका छन् । बुधबार जनकपुरधाममा आयोजीत सपथ ग्रहणसभा तथा पार्टी प्रवेश र होली मिलन समारोहमा बोल्दै अध्यक्ष राईले पूर्व राजा ज्ञानेन्द्र साहलाई सडकमा प्रर्दशन गर्नुभन्दा चुनाव लडेर सत्तामा आउन सुझाव दिएका हुन् । 

उनले भने, ‘लोकतन्त्रमा विरोध गर्ने अधिकार छ,राजतन्त्रमा विरोध जुलुस निकालेको भए कारवाही हुन्थ्यो, तर्सथ लोकतन्त्र वैज्ञानीक शासन प्रणाली हो ।’ 

उनले काठमाडांैमा गरिएको प्रर्दशनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलीत हुनु नपर्ने बताए । अध्यक्ष राईले जनताले खोजेको जस्तो संघियता आउन नसकेको स्विकार गर्दै जे जस्तो भएपनि संघियतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघियता विरोधी रहेको बताए ।

अध्यक्ष राईले छिटै नै प्रतिनिधीसभाले निजामती सेवा ऐन पास गर्ने जानकारी दिए ।  नले वर्खे अधिवेशनमा सो ऐन पास हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन समितिमा छलफलको लागि गएको र यो ऐन पास भएपछि संघियता वास्तविक अभ्यासको थालनी हुने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जनाभन्दा बढी युवाहरुले जसपा प्रवेश गरेका छन् । साथै हाल गठन भएको प्रदेश समितिका पदाधिकारीहरुले सपथ ग्रहणसमेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार