मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

‘आम नागरीकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनुपर्छ ’

Ujyalosandeshonline 12455+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनताको पहुँचमा सरल,सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी संविधानमै व्यवस्था गरेको उल्लेख गर्दै पौडेलले सो व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ । संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ । आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानको लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी छ ।’

उनले जलवायु परिर्वतन तथा बदलिँदो परिवेशसँगै मिम्तिएको विभिन्न सर्ने,नसर्ने,सङ्क्रामक रोगका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रलाई आधुनिक,विकसित र सर्वसुलव बनाउन स्पष्ट सुझाव दिन सक्नेगरी खोज अनुसन्धानलाई अझै सक्रिय बनाउन स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बदलिँदो परिवेश अनुसार स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्य अझै सक्रिय भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरेका हुन् ।  

उनले स्वास्थ्य क्षेत्रका लक्ष्यहरू प्राप्त गर्न, नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको धारणा राखे ।

शिखर सम्मेलनको सफल हुने विस्वास व्यक्त गरेका पौडेलले सम्मेलनबाट प्राप्त अनुसन्धानका निष्कर्षलाई व्यावहारिक समाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने बताए ।

उनले भने, ‘स्वास्थ्य र जनसंख्या क्षेत्रमा देशभित्रै अधिकतम ज्ञान र सीपको अभिवृद्धि गर्न, यथेष्ट अध्ययन र अनुसन्धानको वातावरण तयार गर्न, प्रतिभा पलायन रोक्न तथा सार्वजनिक स्वास्थ्यमा आम जनताको पहुँच स्थापित गर्न सरकारले चाल्नुपर्ने कदमबारे यस शिखर सम्मेलनले समयसापेक्ष उपयुक्त सुझाव दिने छ भन्ने मैले आशा लिएको छु । हाम्रो स्वास्थ्य क्षेत्रलाई आधुनिक, विकसित, सहज एवम् सर्वसुलभ बनाउन स्पष्ट, वस्तुनिष्ठ र ठोस राय सुझाव दिनेछ भन्ने पनि विश्वास लिएको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार