मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

लागूपदार्थ र नगदसहित ४ जना पक्राउ

Ujyalosandeshonline 11876+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध किनबेच हुने गरेको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो । त्यस क्रममा उनलाई इलाका प्रहरी बेलबारीको टोलीले हिजो साँझ पक्राउ गरेको हो ।

उनको घरबाट १० ग्राम खैरो हिरोइन, साढे ३ किलो गाँजा र करिब ५ लाख ३८ हजार रुपैयाँ, मोबाइल, ढक तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी सुन्दरहरैँचा–३ गछियाका २३ वर्षीय प्रज्वल सुवदी र २० वर्षीय आशीष ठाकुरलाई विभिन्न नामका लागूऔषधि सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट फेरागन, डाइजेपाम, एभिल, लुपिजेसिक लगायत विभिन्न लागूऔषधि बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी २४ वर्षीय संगम आचार्यलाई पनि प्रहरीले विभिन्न नामका लागूऔषधिसहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार