मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अर्घाखाँचीमा नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

सन्धिखर्क । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले आफ्नो ४०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाएको छ । मूल समारोह समितिका अध्यक्ष तथा प्रशासन प्रमुख खिमराज आचार्यको अध्यक्षता र कार्यालय प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व कर्मचारीहरु तथा निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वितरण केन्द्रका प्रमुख इन्जिनियर भट्टराईले आफ्नो कार्यकालमा भएका गतिविधि र भावी योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जिल्लाको विद्युत प्रणाली सुधार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रादेशिक कार्यालयबाट उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएका प्राविधिक प्रमुख प्रभात कुमार चौधरीलाई सम्मान गरिएको थियो । साथै, पूर्व कर्मचारीहरु पदम भुसाल, भोलानाथ पाण्डे, रोमलाल खनाल र निर्माण व्यवसायी जय दुर्गा कन्स्ट्रक्सनका दुर्गा बहादुर नेपालीलाई पनि उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

वार्षिकोत्सव समारोहलाई थप मनोरञ्जनात्मक बनाउन कर्मचारीहरुबीच १० प्रकारका खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम लेखा प्रमुख झविन्द्र खनालको स्वागत मन्तव्यबाट सुरु भई शिवा पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार