मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

सशस्त्र प्रहरीले विभिन्न पदमा माग्यो ४८ इन्सपेक्टर

Ujyalosandeshonline 12457+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

भैरहवा । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले विभिन्न पदका लागि ४८ जना कर्मचारी माग गरेको छ । प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरी बलले शुक्रवार जारी गरेको सूचना अनुसार संगठनमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह, लेखा उपसमूह र प्राविधिक समूह (संचार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएकोले दरखास्त आह्वान गरिएको हो ।

सशस्त्रले कानुन उपसमूहतर्फका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, विभिन्न प्राविधिकतर्फ प्रहरी निरीक्षक ११ जना माग गरेको छ । आगामी साउन २० गतेसम्म र दोब्बर दस्तुर बुझाएर साउन २१ गते देखि साउन २७ गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार