मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

पहिरो नियन्त्रण र विद्यालयको लागी बजेट व्यवस्थापन हुन्छ : मुख्यमन्त्री शाह

Ujyalosandeshonline 12342+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै पहिरो नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहने आश्वासन दिएका छन् । भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री शाहले आज पहिरोको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन् । साथै पहिरो नजिकै उच्च जोखममा रहेको लक्ष्मी माध्यामिक विद्यालयको लागी बजेट व्यवस्थापन गरिने बताएका हुन् ।

पहिरोबाट प्रभावित स्थानीयवासीलाई राहत र सुरक्षित व्यवस्थापनको आश्वासन समेत दिएका छन् । जिल्लीको पहिरोमा पुगेर मुख्यमन्त्री शाहले भने, ‘अर्को बर्ष तपाईंहरू दुःख पाउनुहुन्न,पहिरो नियन्त्रण र विद्यालयमा बजेटको व्यवस्थापन हुन्छ  ।’उनले आगामी वर्षदेखि पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने र प्रभावित विद्यालयको पुनर्निर्माण तथा व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका  हुन् ।

पहिरोले मार्ताडी–कोल्टी सडक तथा नजिकै रहेको  विद्यालयलाई जोखिममा रहेको हुँदा विद्यालयको पठनपाठन प्रभावित भएकाले तत्काल राहत तथा दीर्घकालीन समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको समेत बताएका हुन् । मुख्यमन्त्री शाहलाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले पहिरो नियन्त्रणका स्थायी संरचना निर्माण र विद्यालय व्यवस्थापनका विषयमा सरकारबाट छिटो कदम चाल्न आग्रह गरेका हुन् ।

मुख्यमन्त्री शाहले आफू र प्रदेश सरकारको तर्फबाट समस्या समाधान गर्न कुनै कदम पछि नहट्ने कुरामा जोड दिए ।  बाजुराको लाईफ लाईनको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड बर्षेनि अबरुद्ध हुने गरेको छ । मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली (दानचौर)मा विगत ५ बर्षदेखि ठुलो पहिरो बग्ने गरेको छ । जसका कारण मार्तडी–कोल्टी सडकखण्ड बर्षातमा पुर्ण रुपमा अबरुद्ध हुने गरेको छ । यता लक्ष्मी माध्यामिक विद्यालय पनि पहिरोको उच्च जोखिममा छ ।मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड रहेको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार