मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

४ किलो लागूऔषध गाजा सहित तामाङ पक्राउ

Ujyalosandeshonline 12537+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी नायव निरीक्षक अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाजा बरामद गरेको हो । 

चन्द्रपुर न.पा. ४ सुन्दरबस्ती टोलका ३३ वर्षिय सुमन तामाङ योन्जनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागूऔषध गाजा लुकाई छिपाई राखि बिक्रीवितरण गर्छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलि सुन्दरबस्ती पुगेको थियो ।

आफु सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लाष्टिकमा र बेच्नलाई राखेको कालो प्लाष्टिकको झोलामा राखेको गरी जम्मा चार किलो सात सय पचास ग्राम गाजा बरामद गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । उनले झोलामा राखेको नगद आठ हजार एक सय असी पनि बरामद गरिएको छ । यस विषयमा थप अनसन्धान कार्य भई रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार