मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

राप्रपालाई भोट दिए पछुताउन पर्दैन, दल र राजाबीच समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

Ujyalosandeshonline 12320+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रहित र नागरिक अधिकारका लागि राप्रपाले कुनै सम्झौता नगर्ने दाबी गर्दै आफ्नो पार्टीलाई मतदान गरे पछुताउन नपर्ने बताएका छन्। रुपन्देहीको खैरेनी चोक र धकधई बजारमा आयोजित संकल्प यात्रा तथा कोणसभालाई सम्बोधन गर्दै उनले विगत ३० वर्षदेखि सत्तामा रहेका पुराना दलहरूले विभिन्न शासन व्यवस्थाको अभ्यास गरे पनि देशको अवस्था सुधार्न नसकेकाले अब गहिरिएर विचार गरेर मात्र मतदान गर्न नागरिकलाई आग्रह गरे।

रुपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्जवल बोहराको प्रचारप्रसारका क्रममा पुगेका लिङ्देनले मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउन दल र राजाबीच तत्काल राष्ट्रिय समझदारी कायम हुनुपर्नेमा जोड दिएका छन्। २०८४ को चुनाव २०८२ मै गर्दैमा देशको समस्या समाधान नहुने भन्दै उनले राजा र दलबीचको सहकार्यका लागि शक्ति आर्जन गर्न राप्रपालाई जिताउन र युवा उम्मेदवार बोहराको पक्षमा मतदान गर्न अपिल गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार