मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

कार्यगत एकताबाट अघि बढ्नुपर्छः अध्यक्ष ओली

Ujyalosandeshonline 12455+ समाचार ( )
१७ असार २०८३, बुधवार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्लन कार्यक्रममा उहाँले अहिले नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू कार्यगत एकतामा आउन सक्ने बताउनुभयो ।     

अध्यक्ष ओलीले आफूहरू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गर्नुभयो । “देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौँ”, उहाँले भन्नुभयो, “हामी फेरि पनि उठ्न सक्छौँ । पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ ।” कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार