मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कृष्णनगर भन्सारले छाडेको ट्रक प्रहरीले समात्यो

Ujyalosandeshonline 12612+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

कपिलवस्तु । कपिलवस्तु जिल्लास्थित कृष्णनगर भन्सार कार्यालयले जाँचपास गरेर छाडेको ट्रक प्रहरीले नियन्त्रण्मा लिएको छ । भन्सार कार्यालयले जाँचपास गरेर जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित भन्दा बढी सामग्री फेला परेपछि प्रहरीले युपी ३२ एन ००६९ नम्बर मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डीएसपी मोहनमणि अधिकारीका अनुसार प्रज्ञापन पत्रमा उल्लेखित भन्दा ट्रकमा २० कार्टुनमा करिब ३ क्विन्टल बढी अंगुर बरामद भएपछि गाडी नियन्त्रणमा लिइएको हो। उक्त ट्रक काठमाडौंतर्फ जाँदै थियो ।

भन्सार कार्यालयले जारी गरेको प्रज्ञापन पत्र अनुसार ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दर राजस्व लिइएको छ । तर, ट्रकमा ६२० कार्टुन अंगुर बरामद भएको छ। बरामद कागजपत्र अनुसार उक्त फलफुल भारतको नासिकबाट गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको देखिएको छ। विगत देखि नै कृष्णनगर भन्सार कार्यालय र भन्सार एजेण्टको मिलोमतोमा राजस्व छली हुँदै आएको छ। यस नाकाबाट दैनिक १५० बढी मालवाहक ट्रक भित्रिने गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार