मुख्य समाचार
चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो | सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याइने | नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'अपरेटिङ बेस' राख्ने तयारी गर्यो | लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की | धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम | कालोपत्र सडक | उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै |

मधेशमा आज जुडशीतल पर्व, प्रदेशभर सार्वजनिक विदा

Ujyalosandeshonline 12012+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

जनकपुरधाम । मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ । यो मनाउने समुदायले विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गर्दछन् । 

सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । यो पर्वमा चना बदामको सातुल, दाल, सजिवनको तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा रहेको छ । यो पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । जुडशीतलको अघिल्लो दिन शनिबार मधेशमा कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार