मुख्य समाचार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ | तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन | बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण | प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी | नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान | भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल | केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना | गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च | नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो | उभौली पूजा |

बुढीगंगा बाजुराकै उत्कृष्ट पालिका, सुदुरपश्चिममै बन्यो दोस्रो

Ujyalosandeshonline 11152+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा सुदुरपश्चिम प्रदेशमै दोस्रो बनेको छ । कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो ।  घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो । 

बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले उत्कृष्ट अंक ल्याउँदै लगातार दोस्रो पटक उत्कृष्ट बनेको हो । २०७९÷८० मा  बुढीगंगाले ८४ दशमलव ५० अंक ल्याएर जिल्लाकै पहिलो र  सुदूरपश्चिम प्रदेशकै तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।

संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाका आधारमा  ९ वटा स्थानीय तहमध्ये सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका रहेको छ  । बुढीनन्दाले ६१ दशमलव ७५ अंक ल्याएर अन्य पालिकाको भन्दा पछी परेको हो । 

त्यस्तै बडीमालिका नगरपालिकाले ८३ दशमलव ५० अंक ल्याएर जिल्लामा दोस्रो भएको छ भने जगन्नाथ गाउँपालिकाले ८१ दशमलव ५० ल्याएर तेस्रो हुन सफल भएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ८१, हिमाली गाउँपालिकाले ७५ दशमलव ५०, त्रिवेणीले ७४ दशमलव ७५, खप्तड छेडेदहले ७३ दशमलव ५० र गौमुलले ६९ दशमलव ५० अंक हासिल गरेका छन् ।

मन्त्रालयको आर्थिक बर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक कार्यक्रमविच स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार