मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

मृतक आँशुका परिवार र गाउँवासीहरु अनिश्चितकालिन धर्नामा

Ujyalosandeshonline 10783+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

जनकपुर । धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडक खण्ड पुनःअवरुद्ध भएको छ । होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड पूर्ण रुपमा ठप्प पारेका छन् ।

आईतबार (आज) विहान ७ बजे देखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् । गत बुधबार पनि उनीहरुले सडक अवरुद्ध गरेका थिए । सो दिन जिल्ला प्रहरी कार्यालय धनुषाले हत्यामा संलग्न रहेको भनिएका अन्य अभियुक्तलाई समात्ने प्रतिवद्धता जाहेर गरेका थिए । तर चार दिन बिति सक्दा पनि कोही पक्राउन परेको भन्दै पुनःआजबाट मृतक आँशुकी आमा र गाउँवासीहरु अनिश्चितकालिन सडक अवरुद्ध र धर्नामा बसेका छन् ।

चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवादहुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझकरिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ । घटनामा संलग्न कोही पनि नउम्किने जिल्लाप्रहरी कार्यालय धनुषाको दाबी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार