मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

स्वर सम्राट नारायण गोपालको गीतले आज पनि उपस्थित महसुस हुन्छ : उपप्रमुख डंगोल

Ujyalosandeshonline 12547+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कलाकारप्रति सम्मान र उनीहरूले पु¥याएको योगदानको पुस्तान्तरण आवश्यक रहेको बताएकी छन् । स्वर सम्राट नारायण गोपालको ३५ औँ पुण्यस्मृतिको अवसरमा आयोजित गीत–गंगा भवन उद्घाटन सम्मान तथा सांगीतिक कार्यक्रम–२०८२ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले कलाकारको मूल्य र सिर्जनालाई जोगाइराख्न राज्य तथा समाज दुवै जिम्मेवार हुनुपर्ने बताएकी  हुन् ।

‘हामीले सधैं कलाकारहरूलाई सम्मान गर्नुपर्छ । कलाकारहरूले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै जाँदा ती कलाहरू पनि पुस्तान्तरण हुँदै जानुपर्छ ।’ उनले स्वर सम्राट नारायण गोपाल केवल गायक मात्र नभई जनमानसका गहिरा भावनाहरू गीतमार्फत अभिव्यक्त गर्ने असाधारण कलाकार रहेको उल्लेख गरिन् ।

‘उहाँले पीडा मात्र होइन, हाम्रो जीवनका विभिन्न भावनाहरू उजागर गर्नुभयो । कलाकारिताले जनमानसको मन छुने क्षमता हुनुपर्छ भनिन्छ, उहाँ त्यही मनलाई छुन सक्ने कलाकार हुनुहुन्थ्यो,’डंगोलले भनिन् ।

उपप्रमुख डंगोलले नारायण गोपालको गीतले आज पनि उनलाई उपस्थित महसुस गराउँछ भन्दै कलाकारको कृतित्व कहिल्यै मर्न नजाने बताइन् । ‘उहाँको गीतको आभासले उहाँ हामीसँगै हुनुहुन्छ जस्तो लाग्छ । मानिसले त छोडेर जानै पर्दछ, तर महान कलाकारहरू संसार छोडे पनि उनीहरूको कलाकारिता सदैव जीवित रहन्छ,’उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार