मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

डब्ल्यूपीएलमा दिल्ली क्यापिटल्स विजयी

Ujyalosandeshonline 12612+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । वुमन्स प्रिमियर लिगमा दिल्ली क्यापिटल्स विजयी भएको छ । आइतबार राति भएको खेलमा दिल्लीले गजरात जायन्ट्सलाई २५ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा गुजरातले ८ विकेट गुमाएर १३८ रन बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान मेग लानिङले सर्वाीधक ५५ रनको पारी खेलिन् । उनले एक छक्का र छ चौका प्रहार गर्दा ४८ बल फेस गरिन् । यस्तै, अनाबेल सदरल्याण्डले १२ बलमा २० रनबनाउँदा एलिस केप्सीले १७ बलमा २७ रन जोडेकी थिइन् । सफाली बर्माले १३ तथा जेस जोनसेले ११ रन बनाउँदा शिखा पाण्डेले नटआउट १४ रन बनाएकी थिइन् ।

गुजरातका लागि मेघना सिंहले ४ ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिइन् । यसैगरी एस्ले गार्डनले २ विकेट हात पारेकी थिइन् ।

जवाफमा गुजरातको प्रदर्शन निकै फिक्का रह्यो । एस्ले गार्डनरले पाँचौं नम्बरमा आएर ४० रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन । फोवी लिचफिल्डले १५, तनुजा कुँवरले १३, बेदा कृष्णमुर्तीले १२ रन बनाउँदा बेथ मोनीले पनि १२ रन नै जोडिन् । मेघना सिंहले १० रनको नटआउट पारि खेलिन् । दिल्लीकी जेस जेनसन र राधा यादवले तीन तीन विकेट हात पारे ।

गुजरातविरुद्ध एकतर्फी जित दर्ता गरेपछि दिल्लीले अंक तालिकामा ठूलो परिवर्तन गरेको छ । मुम्बईलाई पछि पार्दै दिल्ली पहिलो स्थानमा पुगेको छ । टोलीको नेट रन रेटमा पनि सुधार आएको छ । तर, दुवै टोलीको ६–६ अंक छ । यो खेलमा पराजयसँगै गुजरात पाँचौं स्थानमा यथावत छ । तेस्रो नम्बरमा युपी वारियर्स छ जसको खातामा चार अंक छ । योसँगै रोयल च्यालेन्जर्स बैंग्लोर ४ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार