मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

राष्ट्रिय सभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले खोजे भाग

Ujyalosandeshonline 12612+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन् ।मायाको पहिचान नेपालले राष्ट्रिय सभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न राष्ट्रपतिसँग माग गरेका हुन् ।

पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशन सुनिलबाबु पन्तले राष्ट्रिय सभामा कमसेकम एकजना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउन राष्ट्रपतिसँग माग गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा सदस्यमा एकजना मनोनित गर्न पाउनेछन् । पन्तले राष्ट्रियसभामा समुदायबाट एक जना भएपनि लैजान माग गरेका हुन् । ‘कमसेकम एक जना यो समुदायलाई राष्ट्रपतिले मनोनीत गर्न सक्नुहुन्छ,’पन्तले भने,‘यो समुदायको किन नराख्ने ?’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेश गराउन मायाको पहिचान नेपालले राजनीतिक अभियान सञ्चालन गर्ने पन्तले जानकारी दिए । समुदायका सदस्यलाई राजनीतिमा आउन पन्तले आव्हान पनि गरे । 

राजनीतिक दलमा आबद्ध हुन, चुनाव प्रचारप्रसार गर्न र चुनाव जितेपछि कसरी काम गर्ने भनेर सिकाउन मायाको पहिचान नेपाल काम गर्ने उनले बताए । 

संघीय संसद्, न्यायाधीशहरू, कानुन व्यवसायी, राजनीतिक दल, सरकारलाई समुदायकोबारे बुझाउने काम पनि गर्ने उनले बताए । ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे पाठ्यक्रममा राखेपनि शिक्षकहरूलाई पढाउन आउँदैन, शिक्षामा छात्रवृत्ति छैन,’पन्तले भने ।

उनले श्रम ऐन सहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि विभेद हुने २०÷२५ वटा कानुन संशोधनका लागि पहल गर्नुपर्ने बताए ।

मायाको पहिचान नेपालले सिंहदरबार पूर्वीगेट अगाडि अनामनगरमा सोमबारदेखि कार्यालय सञ्चालनमा समेत ल्याएको छ । कार्यालयको उद्घाटन गर्दै सिद्धी गणेश टोल विकास समितिका अध्यक्ष आरबी ठकुरीले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले विवाह गर्नु अगाडि धेरै बाधा अड्चन भोग्नु परेको सुनाए । 

समर्पण सभ्य समाजका सचिव हनि महर्जन सुनिलबाबु पन्तकै कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई विश्वसामु चिनाउन सजिलो भएको बताए । 

मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले मन मिल्ने जीवन साथीसँग विवाह गर्न पाउनुपर्ने बताइन । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको आवाज नउठाउँदा सडकमा उभिनुपर्ने अवस्था आएको उनले बताइन ।

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारको मुद्दालाई सशक्त रूपमा सफल बनाउन कटिबद्ध भएर अगाडि बढ्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार