मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

शारीरिक सुगठन प्रतियोगितामा रजत पदक विजेताहरुलाई काठमाडौं महानगरपालिकाको नगद सहित सम्मान

Ujyalosandeshonline 12611+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, १५ औँ वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप २०२४ का रजत पदक विजेता खेलाडीहरुलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । गएको कार्तिक २० गतेदेखि २५ गतेसम्म वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । 

प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेकी थिइन् । 

सम्मान अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यसहित अधिकारीहरु उपस्थित थियो ।

महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरुको आत्मबल बढाउन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगिताका विजेताहरुलाई नगदसहित सम्मान गर्ने गरेको छ । यस्तै खेलप्रेमीहरुलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरुमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार