मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

भैरहवा र बुटवलमा कृषि रूपान्तरण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12208+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

भैरहवा । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा "नेपालको कृषि रुपान्तरण: From Soil to Success" विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम भैरहवा र बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ। कृषि क्षेत्रको समग्र विकास, लगानीका नयाँ अवसरहरूको खोजी र दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

"कृषिमा लगानी : अबको प्राथमिकता" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले कृषकहरूको सशक्तीकरण, कृषिमा आधारित व्यवसायको विस्तार र देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ। कार्यक्रममा अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता र कृषि विज्ञहरूको सक्रिय सहभागितामा कृषि क्षेत्रका विविध पक्षमा गहन छलफल भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईले कृषि क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कम्पनीले नीतिगत तहमा निरन्तर पहल गरिरहेको बताउनुभयो। उहाँले कृषि र प्रविधिलाई एकसाथ अगाडि बढाएर कृषि पेशालाई सम्मानित र मर्यादित बनाउँदै नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने अभियानमा कम्पनी लागिपरेको कुरामा जोड दिनुभयो।

कम्पनीका सचिव विष्णु बरालले उद्घोषण गर्नुभएको कार्यक्रममा प्रशिक्षक धिरेन्द्र पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो। दुवै शहरमा आयोजित कार्यक्रममा गरी लगभग २५० जनाको सहभागिता रहेको थियो, जसमा कम्पनीका मधेश प्रदेश प्रमुख रविन्द्र कुमार पजियार, संस्थापकहरू, तथा स्थानीय प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति थियो।

भैरहवाको कार्यक्रममा सिद्धार्थ नगरपालिकाका मेयर र पूर्व उपमेयर लगायत उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको सफल संयोजन तथा सहजीकरण पन्त ग्लोबल कन्सल्टेन्सीले गरेको थियो। यो भेलाले कृषि क्षेत्रमा नवप्रवर्तन, साझेदारी र लगानीका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार