मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

विश्व शान्तिका लागि बौद्ध दर्शन सेतु बन्नसक्छ : उपाध्यक्ष घिमिरे

Ujyalosandeshonline 12461+ समाचार ( )
८ मंगशिर २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राखेका छन् । 

धम्म स्टडि एण्ड सर्पोट फाउण्डेसनले काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान गौतम बुद्धले अंगिकार गरेको विश्व शान्तिको मान्यता विश्वमा पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न पुगेको धारणा राखेकी हुन् ।

‘विश्वको एक पवित्र भूमी मध्ये बुद्धको जन्मभूमि नेपाल रहँदै आएको तथ्य सर्व विदितै छ,’, उनले भनिन् ‘बुद्धले तय गरेका अष्ठमार्गको आधारमा हाम्रो समाजको विकासक्रम अघि बढिरहेको छ भने बुद्धले पहिल्याउनु भएको चार आर्य सत्यलाई पछ्याउन सकियो भने संसारबाट दुःख निवारण हुन्थ्यो होला। जो आज पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बनेको छ ।’

उपाध्यक्ष घिमिरेले कार्यक्रमले धर्मका वास्तविक पक्ष, यसको व्यावहारिक पक्ष, र समाजमा यसको प्रभावबारे बहस र संवाद गर्न महत्वपूर्ण भूमिका  खेल्ने बिश्वास ब्यक्त गर्दै धर्मका माध्यमबाट प्राप्त शिक्षाले मानिसलाई आन्तरिक शान्ति मात्र नभई समाजमा शान्ति र स्थिरता कायम गर्न मार्गदर्शन गर्नमा ठूलो योगदान पु¥याउँछ भनिन्। उनले मानवजातीमा बढ्दै गएको अंहकारबाट छुटकारा दिलाउदै शान्त र सौम्य मानव समाजको दिगो आवश्यकताको मार्ग कोर्न समेत भूमिका खेल्ने धारणा राखिन् ।

भगवान बुद्धको अभिधर्म शिक्षाले सही दृष्टिकोण, सही विचार, सही कर्म, र सही आचरणलाई जीवनमा अवलम्बन गर्न प्रेरित गरेको पाइने र बौद्ध र्दशनबाट मिल्ने  शिक्षालाई सही रूपमा आत्मसात गर्न सकेमा हाम्रो जीवनमा शुद्धता र समाजमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा पनि उपाध्यक्ष घिमिरेको थियो । कार्यक्रममा अभिधर्मका प्रकाण्ड विद्वान ९८ वर्षीया आचार्य सूची र भन्ते सुमनले प्रवचन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार