मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ

Ujyalosandeshonline 12537+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा पदवहालीका क्रममा आज उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो निर्णय गरेको जानकारी गराउनुभयो ।मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्नेगरी काम गर्ने उल्लेख गर्दै मन्त्री चौलागाईँले भन्नुभयो, “कर्णाली प्रदेशमा हालै स्थापना गरिएको कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्ज सञ्चालनका लागि कार्यालय तत्काल व्यस्थापन गर्नुपर्नेछ ।”

उहाँले परिवर्तनलाई संस्थागत गर्न सरकारका प्रयासमा सबैको योगदानको आवश्यकता  औँल्याउनुभयो । वर्तमान सरकार छोटो समयावधिका लागि निर्वाचनको मुख्य कार्यभार गर्ने म्याण्डेटका लागि गठन भएको भए पनि जेनजी आन्दोलनका माग सम्बोधन र आन्दोलनका भावनाअनुसार काम गर्दै आएको उहाँको भनाइ थियो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै नियुक्त हुनुभएका मन्त्री चौलागाईँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात सिंहदरबारस्थित वन मन्त्रालयमा पदवहाली गर्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार