मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सभापति कप फुटबल माघ १० गतेदेखि, विजेतालाई २६ लाख नगद पुरस्कार

Ujyalosandeshonline 12614+ समाचार ( )
६ माघ २०८१, आइतबार

काठमाडौं ।  सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० गतेदेखि हुने भएको  छ ।  नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ ।

आइतबार नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० देखि १७ गतेसम्म काठमाडौं दशरथ रंगशालामा हुने जानकारी गराएको हो ।

सभापति कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने तथा समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

सभापति कप फुटबल प्रतियोगिता २०८१ मा ८ टिमको  सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी क्लब, चर्चव्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लव, एनआरटी क्लब, फ्रेण्डस फुटबल क्लब र बाग्मती फुटबल क्लब (आयोजक) को सहभागिता रहने छ ।

सभापति कप फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद २६ लाख, दोस्रो पुरस्कारनगद १३ लाख  र म्यान अफ द म्याचनगद १५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार