मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

केपी ओली कप फागुन ११ देखि हुने, विजेतालाई १५ लाख रुपैंयाँ नगद

Ujyalosandeshonline 11844+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले तेस्रो संस्करणको रुपमा ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन ११ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा संघले ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । 

यसमा क्वाटर फाइनलसम्मका प्रतियोगिताहरु अखिल नेपाल फुटवल संघ (एन्फा) सातदोबाटोमा हुने छन् भने १६–१७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिताहरु दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाडौँमा हुनेछन् । 

खेलमा नेपालका ६ वटा ‘ए डिभिजन’, दुई विदेशी तथा एक आयोजक गरी नौं टीमहरुले सहभागिता जनाउने छन् । जसमा, एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपीएफसी, न्युरोड टिम, मच्छिन्द्र एफसी, एफसी ट्रान्सपोर्ट युनाइटेड क्लवले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंयाँ द्वितीय हुनेलाई पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । 

त्यस्तै उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।

युवा उमेरका खेलाडीहरुका माझ खेलकुदको प्रवद्र्धन र विकासका लागि चासो जगाउन, आर्थिक सशक्तिकरण गर्न, समाजिक विविधतालाई एकताको सुत्रमा बाँध्न, युवालाई विदेश पलायन रोक्न, युवालाई खेलकुदमा जोड्न, खेलाडीहरुको सीप विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा अव्वल स्थान कायम गराउने हाम्रो संगठन तथा केपी ओली कप को लक्ष्य हो । यही लक्ष्यका साथ राष्ट्रिय युवा संघ, नेपालका संस्थापक अध्यक्ष एवं प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामबाट स्थापित ‘केपी ओली कप’ फुटबल प्रतियोगिता २०७९ सालबाट प्रारम्भ गरिएको हो । 

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थिती तथा अन्य विशिष्ठ व्यक्तिहरुको आतिथ्यता रहनेछ । त्यस्तै उद्घाटनमा नेपालका ख्याति प्राप्त कलाकार बद्री पंगेनी, महेश काफ्ले, समिक्षा अधिकारी र अस्मिता अधिकारीको विशेष प्रस्तुती रहनेछ ।

खेलकुद र मनोरञ्जनको अनुपम संयोजन रहेको यस प्रतियोगिताका अवधिमा इटालीका विश्व चर्चित फुटबल खेलाडी तथा लिजेन्ड गोलकिपर जियानलुजी बुफनको समेत विशेष उपस्थिती रहनेछ भने कलाकारहरु कुमा सागर, पूर्ण राईलगायतको प्रस्तुति रहनेछ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नलाई आवश्यक पर्ने मुलआयोजक कमिटी तथा विषयसँग सम्बन्धित उपसमितीहरु गठन गरिएको छ । 

यस्तै पुरस्कार तथा प्रतियोगिताको व्यवस्थापनको लागि आयोजकसँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायीक संस्था तथा व्यक्तिहरुबीच सम्झौताहरु भइसकेका छन् । प्रतियोगिताको सम्पूर्ण आर्थिक, सामाजिक तथा व्यवस्थापनसँग सम्बन्धित कार्यहरु एकद्वार प्रणालीको माध्यमबाट हुनेछ । जुन आयोजकमा निहित रहनेछ । 

‘केपी ओली कप’ २०८१ प्रतियोगिताको प्रत्यक्ष प्रशारण ‘कान्तिपुर टेलिभिजन’ ले गर्नेछ भने टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ । यसको साथ साथै अन्य विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार