मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव

दान बहादुर बुढा 45+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

मुगु । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २,४ र ६ का १४ जना स्थानीयलाई आइतबार एकै कुकुरले क्रमश आक्रमण गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । कुकुरको आक्रमणबाट घाइते भएका १४ जना मध्य वडा नंं. २ का ५ जना (नरेन्द्र केसी,सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, गोरे सार्की) घाईते भएका छन् ।

त्यस्तै वडा नं. ४ का ७ जना (सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समिक्षा विक र सुर्दशन विक) घाइते छन् भने वडा नं. ५ की मेनका नेपाली र वडा नं६ की सरिता कामी गरी चार वडाका १४ जना घाइते भएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले बताए ।

रेविज लागेको भुसिया कुकुरले टोकेको ७२ घण्टा भित्र अनिवार्य रुपमा लगाउनु पर्ने ‘एमिनो ग्लोबिन’ औषधी जुम्लामा छैन् । एन्टी रेविज भ्याक्सीन जिल्लामा केही मात्रामा भएपनि एमिनो ग्लोबिन नाम औषधी जुम्लामा नभएपछि कालिकोटबाट मगाइएको स्वास्थ्य शाखा प्रमुख चौलागाईले कर्णाली मिसनलाई जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर कमल थानीको समन्वय तथा तातोपानी गाउँपालिकाको लगानीमा एमिनो ग्लोबिन औषधी जुम्ला ल्याउन लागिएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले घाईते नागरिकको सकुशल उपचारका लागि पालिकाले बजेट खर्च र कुनै पनि हालतमा उक्त भ्याक्सीन ल्याउन अनुरोध गरेपछि ३२ डोज एमिनो ग्लोविन कालिकोट बाट ल्याउन लागिएको हो ।

३२ डोजका लागि आबश्यक पर्ने ३२ हजार रुपैया तातोपानी गाउँपालिकाले तिर्ने छ । प्रति डोजको एक हजारका दरले ३२ हजारको ३२ डोज एमिनो ग्लोबिन कालिकोटबाट ल्याईदै छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर कमल थानीले घाइते सबैलाई एन्टी रेविज खोप लगाइएको बताएका छन ।

उनले भने,‘एमिनो ग्लोबिन औषधी जुम्ला र नेपालगन्जमा पनि भेटिएनन् । कालिकोट भएकाले समन्वय गरेर ल्याउँदै छौ । ७२ घण्टा भित्र उक्त औषधी दिनैपर्छ । अहिले घाउमा टाका पनि लगाउन मिल्दैन् । कम्तीमा एक हप्तासम्म भर्ना गरेर उपचार गर्नु पर्छ । अहिले घाइतेहरुको भर्ना भइरहेको छ ।’यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार