मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सुरक्षा कोष : १९ हजार बढी रोजगारदाता, ६८ अर्ब ६८ करोड योगदान रकम

Ujyalosandeshonline 12614+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् ।कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन समेत भएको छ ।

कोष संचालनमा आएको सात बर्षमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत हुँदा कोशी प्रदेशका दुई हजार ९६, मधेशका एक हजार ६, बागमती प्रदेशका १३ हजार ५३०, गण्डकी प्रदेशका ९५०, लुम्बिनी प्रदेशका एक हजार ६३१, कर्णाली प्रदेशका २६५ र सुदुर पश्चिमका २९१ रोजगारदाता सुचीकृत भएका हुन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका १२ लाख ५३ हजार ६१५ जना कोषमा आबद्ध भएका छन् । अनौपचारिक क्षेत्रका ३०७, स्वरोजगार २२७ जना कोषका आबद्ध भएको कोषको तथ्यांकमा उल्लेख छ ।

औषधी उपचा, स्वास्थ्य तथा मातृत्व तथा आश्रित परिवार सुरक्षा योजनामा चार अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ । वृद्ध अवस्था सुरक्षा योजनामा ५५ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । अतिरिक्त योगदानमा एक अर्ब १७ करोड जम्मा भएको छ । 

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत एक अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा योजना बापत कोषले १५ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

आश्रित परिवार सुरक्षा योजना वापत १८ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने वृद्ध अवस्था सुरक्षा योजना बापत कोषले नौ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको छ । कोषले एक लाख ८० हजार ९२२ योगदानकर्तालाई पाँच लाख ५७७ पटक दाबी भुक्तानी गरेको छ ।

सरकारले २०७५ मंसिर ११ गतेदेखि कोषका औपचारिक सुरुवात गरेको हो । मंगलबार कोषले आफ्नो स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार