मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

निर्माण नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै प्रकृति मानौं :बालेन

Ujyalosandeshonline 12208+ समाचार ( )
२२ माघ २०८०, सोमबार

भैरहवा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्।

सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्।

‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो–आज एक ऐतिहासिक काम सम्पन्न भएको छ। राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू!’ 

उनले नबनेको भए म ‘बीसौँ तलामा कसरी पुगेँ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुनेसमेत टिप्पणी गरेका छन्।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन गर्ने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउन पनि जोड दिएका छन्। 

‘संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृत्तिलाई निरूत्साहित गरौं,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ।’  

उनले धरहरामा  पार्किङ बन्द नभएको पनि बताएका छन्। महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन भइरहेको पनि बताएका छन्।

‘अझै व्यवस्थापन गर्दै लैजाने छौं। अहिले धेरैको नजर यहाँको पार्किङ को ठेक्का लिएर  नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ। हामी काठमाडौं महानगरमा रहुञ्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिनेछैनौं,’ उनले भनेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार