मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

लुम्बिनीको विकासमा विज्ञहरुको साथ चाहिन्छ : उपाध्यक्ष लामा

Ujyalosandeshonline 10783+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले विश्वभर शान्ति, करुणाको सन्देश छर्ने बुद्धजन्मस्थल लुम्बिनीबारे विज्ञहरुको साथ सधै चाहिने बताएका छन् । उनले लुम्बिनीबारे गलत बुझाई नराख्न समेत आग्रह गरे ।

बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितीमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. लामाले यस्तो बताएका हुन ।

उपाध्यक्ष लामाले विश्वभर शान्ति फैलाउने बुद्धजन्मस्थलमा यूनेस्कोको ४६ औं बैठकमा विश्वसम्पदा सूचीबाट खतराको सूचीमा राख्ने ऐजन्डाले स्तब्ध भएको बताए । उनले द्धन्द्धग्रस्त देशका सम्पदास्थललाई भन्दा शान्तिभूमि रहेको लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव नै आश्चर्यजनक रहेको सुनाए ।

विश्वभरका सम्पदा र संस्कृती विज्ञहरु रहेको सम्मेलनमा उपाध्यक्ष लामाले पेरिसमा भएको ४७ औं यूनेस्को बैठकमा इकोसमकै सिफारिस अनुसार कपिलबस्तुको तिलौराकोट सम्पदा सूचीमा पर्ने विश्वास गरेकोमा त्यहाँ पनि आफूहरुले धोका पाएको बताए । उनले गौतमबुद्धका ८४ हजार शिक्षा नै शान्ति र प्राणी कल्याणका लागि रहेको बताए ।

प्रकोप, द्धन्द र शान्ति बिषयलाई केन्द्र बिन्दुुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन सुरु भएको हो । सम्मेलनको बुधबार लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गरेका हुन् ।

यसअघि अक्टोबर ११ देखि सुरु भएको इकोमसको बार्षिकसभाको समापन तथा बर्षगाठ उत्सव मंगलबार सम्पन्न गरिएको थियो । 

युनेस्कोको सल्लाहाकार निकायको रुपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ ।

कार्यक्रमको लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतले साझेदारी गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार