मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

अपाङ्गता भएका बालबालिकाको सहारा ‘सहयात्री नेपाल’, एक वर्षे वार्षिकोत्सव सम्पन्न

सितमती हरिजन 24+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

बर्दघाट । अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकारका लागि काम गर्दै आएको सहयात्री नेपाल, बर्दघाट-१४ गंगाबस्तीले भौतिक सेवा प्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष तिलकुमारी श्रेष्ठको अध्यक्षता तथा बाल्मिकी मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो दोस्रो सन्तान मानसिक पक्षघातसहित जन्मिएपछि उपचारका लागि गरेको संघर्ष र पीडाले नै आफूजस्तै समस्यामा परेका अन्य अभिभावक र बालबालिकाको सहारा बन्न संस्था स्थापना गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “म जस्तो पीडा अरू कसैले भोग्नु नपरोस् भनेर नै १८ वर्षमुनिका अपाङ्गता तथा अनाथ बालबालिकाको आँखा बन्ने लक्ष्यका साथ ‘सहयात्री नेपाल’ को परिकल्पना गरिएको हो।”

संस्थाले निम्न उद्देश्यहरू राखेर काम गरिरहेको छ :

  • आर्थिक र शारीरिक रूपमा पछि परेका बालबालिकालाई शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउने।
  • विपन्न अभिभावकहरूलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनमा सहयोग गर्ने।
  • लागुपदार्थ दुर्व्यसनीमा फसेका युवालाई कुलतबाट जोगाउन सहजीकरण गर्ने।
  • स्वरोजगारीका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।

कार्यक्रममा नेत्रहीन संघ बर्दघाटका अध्यक्ष मनोज पंगेनी, संस्थाका सल्लाहकार दामोदर जिसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सहयात्री नेपालले छोटो समयमै अपाङ्गताको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार