कुशल मल्लले तोडे लेभिट र ओडाउटको पार्टनरसिप

Ujyalosandeshonline 12323+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको जारी फाइनल खेलमा नेपालका कुशल मल्लले लेभिट र ओडाउटको पार्टनरसिप तोड्दै एकै ओभरमा दुई विकेट लिएका छन् ।  

ओपनर द्वय माइकल लेभिट र म्याक्स ओडाउटको ८४ रनको पार्टनरसिप कुशल मल्लले नवौं ओभरमा पुगेर तोडे ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डस्का म्याक्सो डाउटलाई नवौं ओभरको पहिलो बलमा कुशल मल्लले दिपेन्द्र सिंह ऐरिको हाटबाट क्याच गराए ।   २३ बलको सामना गरेका डाउटले २२ रन जोडे ।

यस्तै,सोही ओभरको चौथो मल्लकै बलमा रोहितको हातबाट माइकल लेभिटलाई क्याच आउट गराए । २९ बलमा लेभिटले  ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए ।  

यो समाचार तयार पार्दासम्म नेदरल्यान्डस्ले १०६ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार