मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनमत पार्टीको माग

Ujyalosandeshonline 12614+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टस्का समर्थकमाथि भएको आक्रमण र अपमानप्रति विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।

शनिबार सम्पन्न एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका समर्थकलाई लक्षित गर्दै नश्लीय सोचबाट प्रेरित केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको घटनाले मधेसी समुदायलाई चोट पु¥याएको जनमत पार्टीको भनाइ छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा यस्तो घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूमाथि तत्काल कारवाहीको माग गरिएको छ ।

‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि हासिल गरेकोमा जनकपुर बोल्ट्सका खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत सम्पूर्णमा जनमत पार्टी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । तथा सहभागी सबै टिमले उत्कृष्टताका साथ प्रर्दशन गर्दै खेल सम्पन्न गरेकोमा सबैलाई हार्दिक धन्यवाद छ ।

एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ,’विज्ञप्तिमा उल्लेख गरिएको छ ।साथै जनमत पार्टीले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार