मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

मुगुमा १०८ जनालाई खाद्य सामग्री, अगाउन्जेल भात खुवाउन पाएकोमा खुशी

Ujyalosandeshonline 12321+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाका १४ वटै वडाका १ सय ८ जना विपन्न, असहाय तथा एकल, टुहुरा, सडकमा बस्ने र अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । बौद्ध धर्मालम्बीहरुका अनुसार गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिन जेठ २८ गतेको अवसरमा नगरपालिकाले १४ वटै वडाका एक सय आठ जना विपन्न, अपाङ्गता भएका, एकल महिला तथा व्यसहाराहरुलाई खाद्यन्न सामग्री वितरण गरिएको हो ।

रिकिका ब्रुकनर एण्ड लामा थिल्ने फाउण्डेशनको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाका वडा कार्यालयको सिफारिसमा आफ्ना वडामा रहेका विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरुलाई प्रति व्यक्ति चार हजार बराबरको तीस केजी चामल, चार केजी दाल, तीन पोका तेल, तीन केजी चिनी, चियापत्ति र अन्य खाद्यन्न सामग्री बितरण गरिएको उक्त फाउण्डेशनका अध्यक्ष अध्यक्ष तोर्चे लामाले जानकारी दिएका छन् ।

लामाका अनुसार यो फाण्डेशनले गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिन जेठ २८ गतेको अवसरमा विगत १० बर्षदेखि देशका विभिन्न जिल्लामा विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरुलाइ खाद्यन्न तथा अन्य सहयोग गर्दै आएको र यो पटक मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्र सहयोग गरिएको हो ।

‘बर्षभरीको खेती ६ महिना राम्रोसँग खान पुग्दैन । यो सिजन भनेका भोकमरी हुने समय हो । अर्काको मजदुरी गरेर घर परिवारलाई बिहान बेलुकाको खान पु¥याउदै आएको छु । अहिले आखाँको समस्याले गर्दा अर्काको काम गर्न समेत सकिदैन  हामी जस्तालाई कहीं कतैबाट यस्ताखाले सहयोग भएका छैनन । अहिले पाएको खाद्यन्न सहयोगले एक महिनाका लागि भएपनी ठूलो राहत मिलेको छ,’छायाँनाथ रारा नगरपालिका—२ का नन्द भियालले भने ।

क्यान्सर रोगले श्रीमानको मृत्यु पश्चात ११ दिनको दुधे छोरीसहित अन्य तीन  छोरीको पालनपोषण गर्दै आएकी सोही गाउँपालिका—१० की ३३ बर्षिया असौजी बिकले राहत पाउँदा तीनवटा छोरीलाई केही दिनका लागि भएपनी अगाउन्जेल भात खुवाउन पाउँदा सारै खुशी भएको बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार