मुख्य समाचार
दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा | सीमा क्षेत्रका समस्या र पर्यटन प्रवर्द्धनका लागि नेपाल–भारतका पत्रकार मैदानमा | कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा | नक्कली रिभल्भर देखाएर रकम असुल्ने 'नक्कली घुमुवा प्रहरी' भैरहवाबाट पक्राउ | सीमा अनुगमनका लागि सादा पोसाकमा 'टास्क फोर्स' खटाइने: गृहमन्त्री गुरुङ | रुपन्देहीमा साढे सात लाख बढीको अवैध सामान बरामद | नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री वालेन्द्र शाह | स्थायी लेखा नम्बर बन्द गराउन पनि घुस ! लेखा अधिकृत अख्तियारको फन्दामा |

नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा

Ujyalosandeshonline 11819+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

नौतनवा । भारत-नेपाल सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका क्रममा भारतीय प्रहरीले नौतनवाबाट करिब रू १३ लाख बराबरको अवैध जुत्ता-चप्पल बरामद गरेको छ। नेपालतर्फ चोरी-पैठारी गर्ने उद्देश्यले भण्डारण गरी राखिएको १७ पोका जुत्ता-चप्पल प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतका विभिन्न नाका हुँदै नेपाल लैजाने तयारी भइरहेका बेला प्रहरीले ती सामग्री बरामद गरेको हो। सोनौली र नौतनवा नाकालाई माध्यम बनाएर दिल्लीलगायत भारतका विभिन्न सहरबाट नेपालतर्फ अवैध मालसामान ओसारपसार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।

विभिन्न यातायातका साधनमार्फत सीमावर्ती बजारसम्म ल्याइएका सामग्री मौका मिलाएर नेपाल पुर्‍याउने गरिएको सुरक्षा अधिकारीहरूको दाबी छ। भारतीय सुरक्षा निकायले बरामद गरिएका सामग्री नियन्त्रणमा लिई यस तस्करी सञ्जालबारे आवश्यक कानुनी अनुसन्धान तथा थप कारबाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार