मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बर्सेनि भव्य बन्दै अमेरिकामा बानाको नेपाली सडक महोत्सव

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

अमेरिका । अमेरिकामा स्थापना भएका विभिन्न नेपाली सङ्गठनहरू मध्येमा सबैभन्दा धेरै सक्रिय संस्था मध्येको एक बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सातौँ संस्करणको सडक महोत्सव गर्ने भएको छ । 

विगतका ६ संस्करणलाई भव्य रूपमा सम्पन्न गरेको बानाले यो पटकको महोत्सवलाई पनि अझ उत्कृष्ट ढङ्गले गर्ने लक्ष्य राखेको छ ।

सन् २०१५ देखि लगातार रूपमा अमेरिकाको बाल्टिमोरमा नेपाली कला, संस्कृति र नेपालको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो महोत्सवको आयोजना गर्दै आएको बानाले यो पटकको कार्यक्रमलाई अझ व्यवस्थित र धेरै भन्दा धेरै मानिसहरूको सहभागिता गराउने लक्ष्य राखेको छ । बाल्टिमोरको व्यस्त ठाउँमध्येको एक टाउसनको मुख्य ठाउँमा हुने यो महोत्सवका लागि तयारी निकै द्रुत तरिकाले भइरहेको बानाका अध्यक्ष सुबोध पन्तले बताए ।

सेप्टेम्बर १५ तारिख आइतबारका दिन हुने यो कार्यक्रम यो पटक एक दर्जन भन्दा बढी कार्यक्रमहरू राखिएको छ । विगतका बर्सहरूमा झैँ नेपाली संस्कृति झल्किने गतिविधिलाई निरन्तरता दिइनेछ । नेपाल भन्दा धेरै टाढा रहेर पनि नेपाली संस्कृतिलाई विदेशी भूमिमा सबैमाझ देखाउने र यसलाई सबैको नजरमा उत्कृष्ट कार्यक्रम बनाउने लक्ष्यका साथ सातौँ संस्करणको सडक महोत्सवको आयोजना गर्न लागिएको बानाका महासचिव सागर घिमिरेले जानकारी दिए ।

नेपाली दूतावास, बाल्टिमोर सिटी काउन्सिलको समेत सहयोग रहेको यो कार्यक्रमले विगतका बर्सहरूमा राम्रो चर्चा पाउँदै आएको छ । यो कार्यक्रम हेर्नका लागि विदेशीहरूको समेत निकै राम्रो उपस्थिति रहने गरेको छ । विगत ६ वर्षदेखि निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको बानाले हरेक संस्करणमा अझ व्यवस्थित गर्दै आएको छ ।

कार्यक्रममा मेरिल्यान्डमा विभिन्न व्यवसायी गर्दै आएका नेपालीहरूको साथ सहयोगका साथै नेपालको संस्कृति झल्किने गरेर स्टलहरू पनि राखिँदै आएका छन् । जुन यो पटक पनि राखिनेछ । यसका साथै महोत्सवमा नेपालको मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य विशेष किसिमका प्रस्तुतिहरू रहने भएका छन् । यसका साथै विभिन्न नेपाली कलाकार र स्थानीय कलाकारको पनि यो कार्यक्रममा प्रस्तुति रहने छ ।

आइतबारका दिन बिहान ११ बजेबाट सुरु हुने यो कार्यक्रम साँझ ५ बजेसम्म चल्ने बताइएको छ । पहिलो संस्करण देखि सातौँ संस्करणसम्म झन्डै नौ वर्षको अन्तरालमा यो कार्यक्रमले मेरिल्यान्डमा आफ्नै छुटै चर्चा कमाइसकेको छ । 

बानाले यो कार्यक्रमको सुरुवात गर्दा जुन किसिमको चुनौती भोग्नु परेको थियो, त्यो सातौँ संस्करणसम्म पुग्दा निकै कम भइसकेको छ । तरपनि सानातिना चुनौतीहरू अहिले पनि बानाले भोग्दै आएको छ । तर पनि यो कार्यक्रमलाई मेरिल्यान्डमा बस्ने नेपालीहरूले आफ्नो संस्कृति झल्काउने कार्यक्रम भनेर राम्रो साथ र सहयोग गर्दै आएका छन् । बानाले नेपालमा मनाउँदै आइएका विभिन्न कार्यक्रमहरूलाई मेरिल्यान्डमा रहेका नेपालीहरूमाझ मनाउने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार