मकवानपुर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भदौ २७ देखि

Ujyalosandeshonline 12328+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

हेटौंडा । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ देखि जिल्लास्तरिय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । हेटौंडा–११ स्थित थाना भ¥याङको कभर्डहलमा भदौ २७ देखि २९ गतेसम्म यु–१३ र यु–१७ छात्र–छात्रा व्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

जिल्ला व्याडमिन्टन संघको कार्यसमितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा सहभागी हुनका लागि भदौ २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिताको पुरस्कार राशिबारे पछि निर्णय गरिने संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिए ।

व्याडमिन्टन खेलाडी तथा उद्यमी स्वर्गीय बीके बोसको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार