मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन

Ujyalosandeshonline 10783+ समाचार ( )
२ असार २०८२, सोमबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विभिन्न व्यक्तिहरुविरुद्ध आरोप पत्र दायर साथै सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेको छ । सोमबार अख्तियारले डिभिजन वन कार्यालय, राप्ती मनहरीमा कार्यरत डिभिजनल वन अघिकृत दीर्घ नारायण कोईरालालाई गैरकानूनी सम्पत्ति आर्जन गरेकोले विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । 

त्यसैगरी आयोगले तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव–इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको छ । त्यस्तै मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी., लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारी सहित चारजना उपर सेवाग्राही सँग घुस÷रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव समेतका प्रतिवादीहरु विरुद्ध जिल्ला महोत्तरी, रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको बिभिन्न रुखहरु व्यक्तिलाई लाभ हुने गरी कटान गरेको पुष्टि भएकोले भ्रष्टाचार मुद्दामा अदालतले पुनरावेदन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार