मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स पनि उड्यो

Ujyalosandeshonline 12400+ समाचार ( )
२५ कार्तिक २०८१, आइतबार

भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल संचालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिवार देखि काठमाडौं-भैरहवा-दुबई-काठमाडौं उडान सुरु गरेको हो ।

शनिवार राति काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स केही समयपछि यहाँबाट दुबई प्रस्थान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतले जानकारी दिए ।

एयरलाइन्स भैरहवा विमानस्थलमा अवतरण गरेपछि पानीको फोहोराले स्वागत गरिएको थियो । उक्त विमानमा भैरहवाबाट जाने यात्रुहरु नरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

उनका अनुसार नेपाल एयरलाइन्सले उक्त रुटमा साताको चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भरेर एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट दुबई प्रस्थान गर्ने तालिका छ ।

यस सँगै भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एशिया गरी चारवटा वायुसेवाले व्यवसायिक उडान सुरु गरेका छन् । जसमध्ये थाइ एयर एशियाले शुक्रवार देखि र अन्य तीनवटा शनिवारदेखि नियमित व्यवसायिक उडान सुरु गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार