मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने, प्रचण्डलाई सघाउने

Ujyalosandeshonline 12444+ समाचार ( )
२१ असार २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तत्कालका लागि सरकारबाट नबाहिरिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो विश्वासको मत लिन सुझाव दिएको पनि उनले बताए । 

विहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफल पश्चात उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने कुरालाई समारात्मक रुपमा लिएको भन्दै विश्वासको मत लिने समयसम्म साथ दिने बताए । 

उनले भने, ‘जस्तो अवस्थामा अर्को गठबन्धन बनाइएको छ त्यो खासै विश्वास गर्न लायकको छैन् । अहिले लोकतान्त्रिक विधि र पद्धतीमा संसदीय व्यवस्थालाई सम्मान गर्ने हो । अहिले जे अवस्था बनेको छ, त्यसमा राजीनामा दिने निर्णय नै हो । तर हिजोको साझेदारी मात्र होइन धेरै मुद्दमम एकै ठाँउमा थियौं । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्छु भन्दा हामीले त्यसलाई समारात्मक रुपमा लिनुपर्छ र यो काममा धेरै ढिला गर्नु हुदैँन् । त्यतिबेलासम्म हामी तपाइँलाई साथ दिन्छौ भनेर भनेका छौ ।’

प्रधानमन्त्रीले संसदलाई फेस गरेर जवाफ दिने समयसम्म साथ आवश्यक रहेको जनाएपछि छिटोभन्दा छिटो संसद फेस गर्न आफूहरुले सुझाव दिएको उनले बताए । 

उनले भने, ‘राजनीतिक घटनाक्रम जसरी बढेको छ त्यसमा मैले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु । संसदलाई फेस गर्छु । किनभने मैंले संसदलाई जवाफ दिनुपर्छ । त्यो समयमा मलाई तपाईहरुले साथ दिनुपर्छ भने प्रधानमन्त्रीज्यूले भन्नुभाये । जतिसक्दो छिटो संसदलाई फेस गर्ने काम मिलाउनु होला भन्यौं । यसबारेमा पार्टीमा आन्तरिक छलफल गर्छौ र जानकारी दिन्छौ भनेर हामी निस्किएका हौं ।’उनीहरु रास्वपाको तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरुको राजीनामा दिन भनेर प्रधानमन्त्री निवास पुगेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार