मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |
मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |


बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक

Ujyalosandeshonline 11437+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौ । ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र सांस्कृतिक दृष्टिले मनमोहक यो पोखरी पर्यटकको पर्खाइमा छ । केही समय अगाडि नागदह अवलोकन गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । तर अहिले न त्यहाँ डुङ्गा चल्छ त पर्यटकको चहलपहल नै देख्न सकिन्छ । 

ललितपुरको २४ वडामा  अवस्थित यो ऐतिहासिक एवम सांस्कृतिक स्थल पूरै प्रदुषणको चपेटामा छ । पोखरीको पानीमा स्थानीयबासीले खुलमखुल्ला रुपमा लुगा धुने र नुहाउने गर्दछन् । दहको वरिपरि फोहोर देख्न सकिन्छ । वेवारिसे अवस्था रहेको उक्त दहको सरसफाइमा सम्बन्धित निकायको ध्यान जान नसकेको नागदह संरक्षण तथा सुधार समितिका पूर्वअध्यक्ष गणेश श्रेष्ठ बताउँछन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्र नागदह अहिले सुनसान रहेको पूर्वअध्यक्ष श्रेष्ठले बताए । 

उनका अनुसार लगभग १३ वर्ष अगाडि बैशाखमा नागदहमा सयर गरिरहेका चार जना यात्रुहरु डुङ्गा डुबेर मृत्यु भएपछि त्रासको वातावरण छ । ‘त्यसबेला डुंगामा पानी छिरेर सयर गरिरहेका यात्रुहरु दहमा डुबेका थिए । त्यसपछि यहाँ त्रासको वातावरण बन्यो । त्रासलाई चिर्ने किसिमका गतिविधि गर्न कसैले ध्यान दिएनन् । त्यही समयदेखि नै आन्तरिक र बाह्य दुबै पर्यटकहरु घट्दै गएको हो,’उनले भने । 

‘१३ बर्ष पहिले डुङ्गामा पानी छिरेर चार जनाको मृत्यु भएको थियो । डुङ्गामा पानी कसरी छिर्यो भन्ने थाहा भएन । तर त्यो काठको डुङ्गा थियो । त्यसबेलादेखि पर्यटकको संख्या घट्दै गयो । पर्यटक आकर्षित गराउने गतिविधितर्फ सरकारको पनि ध्यान गएको छैन् । त्रास कम गराउने प्रयास भएको छैन् । नयाँ पिँडीले पनि ध्यान दिएनन्,’उनले भने । 

लगनखेलबाट नागदह चार–साढे चार किलोमिटर मात्र टाढा रहेको हिसाबले झन धेरै पर्यटक आउनुपर्ने वा चहलपहल हुनुपर्नेमा न्यून हुनु दुःखद  भएको उनले बताए । 

उनले भने,‘लगनखेलबाट नागदह धेरै टाढा पनि छैन् । चार–साढे चार किलोमिटर छ । त्यो हिसाबले त मान्छे टन्नै आउनपर्ने हो, चहलपहल धेरै हुनुपर्ने हो । विगतमा चहलपहल राम्रै थियो । तर अहिले त शून्य नै भन्नुपर्छ । नागदहको संरक्षणको लागि पूरै समय दिएर काम गर्ने समिति नआएसम्म केही हुँदैन् र कम्तिमा पनि २० जनाको टीम चाहिन्छ । नागदहलाइ व्यवस्थित गर्न, सरसफाईदेखि लुगा धुनेसम्मका कामलाई व्यवस्थित गर्ने काममा युवाहरुले अगुवाई गर्नुपर्छ ।’

बासुकी नागराजको बास भएको विश्वास गरिने नागदहमा बर्षमा दुईपटक भने भव्य मेला लाग्ने गर्दछ । नागपञ्चमी र ऋषिपञ्चमीमा दुई पटक भव्य मेला लाग्ने गरेको श्रेष्ठले बताए । पहिलेजस्तो निस्वार्थ भावनाले स्वयंमसेवकको रुपमा काम गर्ने मानिसको अभाव हुँदा पनि नागदहमा आन्तरिक र बाह्य दुवै पर्यटक खस्किँदो अवस्थामा रहेको उनको ठम्याई छ । 

राज्यले सिस्टममा र कागजी रुपमा जति व्यवस्था गरेपनि व्यवहारिक रुपमा त्यसको कार्यान्वयन गर्न नसकेको उनको गुनासो छ । ऐतिहासिक पोखरीहरुलाई कसरी संरक्षण र प्रवद्र्धन गर्ने भन्ने राज्यको दृष्टि नै सही नभएको उनको भनाई छ । 

‘नेपालमा सिस्टम छ तर कागजमा सिमित छ । व्यवहारिक कार्यान्वयन छैन् । पाँच छ महिना अगाडि समितिलाई पुनःगठन गरिएको थियो । जुन आफै दर्ता छैन् । स्वंयमसेवकहरुको अभाव छ । पोखरीहरुलाई कसरी संरक्षण र संर्वधन गर्ने भन्ने राज्यको दृष्टि नै छैन्’, उनले भने । नागदह ५२ रोपनी क्षेत्रफलमा रहेको भन्ने गरिन्छ तर आफूले धेरै पटक नाप्दा ५० रोपनी दुई आना क्षेत्रफलमा रहेको पाइएको उनले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार