मुख्य समाचार
बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन | देवदह साझेदारी वनद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख २२ हजार सहयोग | मुलुक प्राकृतिक र राजनीतिक सङ्कटमा छ: जसपा अध्यक्ष यादव | ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना | बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ? | बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित | बैतडीका १८ घर पहिरोको उच्च जोखिममा |

मधेश प्रदेश सरकारले अगाडि बढायो सौन्दर्यीकरणका कामहरु

Ujyalosandeshonline 12253+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरधामको सौन्दर्यीकरणलाई बहुवर्षीय योजनाअन्तर्गत अघि बढाउँदै शौचालय निर्माणलाई विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सो क्रममा प्रदेश सरकारले जनकपुरधामका मुख्य पर्यटकीय क्षेत्रहरूमा आधुनिक सुविधायुक्त शौचालय निर्माण गर्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले योजना अन्तर्गत तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने जनाएका छन् । यी शौचालयहरू बसपार्क, राम मन्दिरको दक्षिणपट्टि र जानकी मन्दिरको दक्षिण कुनामा निर्माण गरिनेछ ।

यो योजना जनकपुरधाममा आउने पर्यटकहरूको सुविधाका लागि विशेष रूपमा बनाइएको हो । ‘जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकोले यहाँ आउने भक्तजन र पर्यटकलाई सफा तथा व्यवस्थित सार्वजनिक शौचालयको आवश्यकता छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै योजनालाई अघि बढाएका हौँ,’उनले भने ।

यस योजनाको लागि आवश्यक टेन्डर प्रक्रिया सुरु भइसकेको छ । यस कार्यको संयोजन मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलगायत सरोकारवाला निकाय र मन्त्रालयका प्राविधिक टोलीले गरेका छन् । मुख्यमन्त्री सिंहले यो परियोजनालाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यस योजनाका लागि तयार गरिएका आर्किटेक्चरल डिजाइनहरू सार्वजनिक गरिएका छन् । यी आधुनिक शौचालयहरूमा स्वच्छता, सहज पहुँच र वातावरणमैत्री संरचनाहरू रहनेछन् । प्रदेश सरकारले आगामी वर्षहरूमा अन्य क्षेत्रहरूमा पनि यस्ता सुविधाहरू विस्तार गर्ने योजना बनाइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार