मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

सिद्धार्थनगरमा जेन-जेडको १३ सदस्यीय नगर समिति गठन, आयुष तिमिल्सिना संयोजक

Ujyalosandeshonline 12342+ समाचार ( )
१७ कार्तिक २०८२, सोमबार

भैरहवा । जेन-जेड रुपन्देही, नेपालले सिद्धार्थनगर नगरपालिकामा २२ वर्षीय आयुष तिमिल्सिनाको संयोजकत्वमा १३ सदस्यीय नगर समिति गठन गरेको छ। भैरहवामा सम्पन्न भेलाले नवराज भण्डारी र सुवेक्षा न्यौपानेलाई सह-संयोजक, सविता पन्थीलाई सचिव, पुनिसा भण्डारीलाई कोषाध्यक्ष, गौरव अग्रहरीलाई सह-सचिव र विधान विश्वकर्मालाई सह-कोषाध्यक्षमा चयन गरेको छ ।

समितिका सदस्यहरूमा सिमोन गुरुङ, अभिषेक श्रीवास्तव, मंयक अधिकारी, अन्जली न्यौपाने, सुलोचना अर्याल र शिवनाथ कुवर रहेका छन्। भेलाले विजय सागर श्रेष्ठ, नारायण प्रसाद भण्डारी, ओम पौडेल, रामचन्द्र रेग्मी, सुमन न्यौपाने, लक्ष्मी अधिकारी र बी.एन. गुप्ता सम्मिलित ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। केही सदस्य र सल्लाहकारहरू पछि मनोनित गरिने सल्लाहकार नारायण प्रसाद भण्डारीले जानकारी दिए।

जेन-जेड रुपन्देहीका जिल्ला सह-संयोजक विवेक पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक अगुवा, साहित्यकार तथा समाजसेवी विजय गोविन्द श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन जेन-जेड रुपन्देहीका सचिव सुरज पोखरेलले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार