मुख्य समाचार
नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान | ‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा नौबुँदे निर्देशिका जारी | सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ |

हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा

Ujyalosandeshonline 11310+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

गोविन्द्र राज तिमिल्सेना

बाजुरा । पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन् । पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन् । 

पहिलेको जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा, रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो । दसैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय यो परम्परा हराउँदै गएको बडीमालिका नगरपालिका ७ का स्थानीय हिरालाल पाध्यायले बताए ।

दसैँ, तिहारजस्ता चाडपर्वमा गाउँ शहर जताततै पिङ हालिन्थ्यो, आआफ्ना साथीभाइ, दौँतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गर्ने गरिन्थ्यो तर पछिल्लो समय  परम्परा हराएको स्थानीय पाध्यायको भनाइ छ । नयाँ आधुनिक सुबिधामा मानिसहरु तानिएको हुँदा पिङ हाल्ने प्रवृति हराएको उनको बुझाई छ । 

दसैँ तिहारमा पिङ खेल्ने संस्कृति अहिलेका नयाँ पुस्ताले बिर्सदै गएको प्रति बुढापाखाले चिन्ता समेत व्यक्त गरेका छन् । बाजुराका ९ वटै स्थानीय तहमा पहिले तामझामका साथ रमाइलो गरेर खेलिने पिङ पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको हो ।

चाडबाडको सम्झना दिने, गाउँघरमा थप रमझम बढाउने यस्ता परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिनु पर्ने कुरामा बुढापाकाले जोड दिएका छन । पुराना संस्कृतिलाई नयाँ पुस्ताले पनि अनुशरण गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ । पिङको लागी बाबियो काटेर लुठो बाटी वरपर चार वटा खामा गाडेर बनाईन्छ । त्यस्तै खाली बाबियो बाटेर एउटा रुखको हाँगामा वरपर बाँधेर पनि पिङ खेल्ने गरिन्छ । नयाँ प्रविधिका कारण दसैँ र तिहारमा निर्माण गरेर खेलिने  पिङको प्रचलन बिस्तारै हराउँदै गएको जानकारहरु बताउँछन् ।

बाजुरामा दशै तिहारमा खेलिने पिङ,विभिन्न मेला,देउडा लगायतका परम्परा विस्तारै लोप हुँदै गएका छन् । यसरी पुराना परम्परा लोप हुँदै जाँदा स्थानीय संस्कृतिको जगेर्ना तथा  सम्बद्र्धनमा असर पर्दै गएको छ  । परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित रहेर बनाइने पिङको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार