मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

ओमसतियामा पहिलो पटक ऐतिहासिक लाखे नाच प्रदर्शन

Ujyalosandeshonline 12455+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

ओमसतिया । भिन्तुना नेवा: खल ओमसतियाको आयोजनामा पहिलो पटक ऐतिहासिक लाखे नाच कार्यक्रम सम्पन्न भएको छ। ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा वडा नं. १, २ र सियारी गाउँपालिका वडा नं. १ को सह-प्रायोजनमा ओमसतियाको ठुटिपिपलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

राति अबेरसम्म चलेको कार्यक्रममा स्थानीय कलाकारहरूले नेवारी भेषभुषामा सजिएर परम्परागत लाखे नाच प्रस्तुत गरेका थिए। कार्यक्रमले स्थानीय स्तरमा ठूलो उत्साह जगाएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले समाजमा रहेका सबै जातजाति र भाषाभाषीको संस्कृतिको संरक्षण गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। यस क्षेत्रमा पहिलो पटक आयोजना भएको यस्तो कार्यक्रमले आफूलाई अत्यन्तै उत्साहित बनाएको उहाँले उल्लेख गर्नुभयो ।

यस्तै, गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले धर्म र संस्कृतिको रक्षाका लागि भिन्तुना नेवा: खलले गरेको यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी दिनहरुमा अझ भव्य कार्यक्रम आयोजना गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भिन्तुना नेवा: खल ओमसतियाका अध्यक्ष ज्ञानेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्कृतिको संरक्षण र समाजलाई एकीकृत गराउने उद्देश्यले पहिलो पटक यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी वर्षहरूमा यसलाई अझ परिष्कृत र भव्य बनाउँदै लैजाने अठोट व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्षहरु बेल बहादुर बराल, सित्तल जिटी, अरुण कुमार शाही, महिला सदस्य गंगा थापा, संस्थाका संस्थापक अध्यक्ष जानकी पासी, फोनिजका वरिष्ठ उपाध्यक्ष सरु राना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कमल मनाधरको स्वागत मन्तव्यबाट सुरु भई आरोग्य जोशीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार