मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न आग्रह

Ujyalosandeshonline 12612+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुइ वटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकहरुको गुनासो आइपछि म आफैं गएको थिए । विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ । ठाउँको  अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था छ ।  लगेजको कहिलेकाही ताल्चा फुटाइन्छ । जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ । त्यसको पनि बेइज्जत नगरौं ।’साथै उनले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार