मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

भैरहवाबाट २५ लाख बढीको भन्सार छलीको सामान र कार नियन्त्रणमा

Ujyalosandeshonline 12463+ समाचार ( )
६ भाद्र २०८३, शनिबार

भैरहवा । सशस्त्र प्रहरी बलले रुपन्देहीको सिद्धार्थनगरबाट रु २५ लाख ६५ हजार नौ सय बराबरको भन्सार छलीको अवैध सामान र कार नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटबाट उक्त सामान र सवारी साधन नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको २४ बिएच ०३०९ के नम्बरको भारतीय रातो कार प्रहरी टोलीलाई देख्नासाथ भागेपछि पिछा गर्ने क्रममा सिद्धार्थनगर–३ स्थित आँखा अस्पताल चोकमा चालक कार छाडेर फरार भएका थिए। उक्त गाडीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा रु ६५ हजार नौ सय बराबरको ३२ बोतल विभिन्न ब्रान्डका रक्सी तथा किराना सामान फेला परेको छ। बरामद गरिएको सामान र ढुवानीमा प्रयोग भएको रु २५ लाख मूल्य बराबरको कारसहित कूल रु २५ लाख ६५ हजार नौ सय बराबरको बिगो आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार