मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

‘मुख्य सचिव भइसकेकाहरुले दलको झोला बोक्ने हो ?’

Ujyalosandeshonline 12611+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसकेको आरोप लगाएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफलमा बोल्दै उनले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसक्दा निजामती कर्मचारीहरुमा समेत नकारात्मक प्रभाव पारेको बताए ।  

उनले भने,‘मलाई कहिलेकाँही खड्किन्छ, हाम्रो मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत किन रहन सक्नुभएन होला जस्तो लागेको छ । यसले आम निजामती कर्मचारीदेखि तलसम्मकालाई के प्रभाव परेको होला आफैंले हेर्न पर्ने विषयवस्तु हो कि होइन होला ?’

उनले कर्मचारी सरुवाको विषयमा समस्या रहेको भन्दै सरुवालाई व्यवस्थित गर्न अहिले भइराखेको कानुनमा पनि अझ अझ ठोस र मूर्त बनाउनुपर्ने धारणा राखे । 

उनले भने,‘हाम्रो एउटा सरुवाको समस्या छ । सरुवालाई व्यवस्थित गर्ने अलिकति अहिले हाम्रो भइराखेकोमा अझ के बनाउन सकिन्छ होला । अलि ठोस अलि मूर्त यो कानुनमा चाहिन्छ भन्ने जिज्ञासा राख्न चाहन्छु ।’

त्यस्तै पूर्व मुख्य सचिव नै राजनीतिक दल कै झोला बोकेर जाने हो भने मात्र मुख्य सचिवको पदीय मर्यादामा प्रश्न उठ्ने बताए । मन्त्रीले आफ्नो स्वार्थको लागि सचिवहरुको सरुवा गर्ने गरेको भन्दै राजनीतिक शिक्षामा पनि कमि भएको उनको भनाइ छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार