अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

रासस 627+ समाचार ( )
६ भाद्र २०८३, शनिबार

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया  बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्यलाई पक्राउ गरिएको हो । अभियुक्तहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार